people Nepal » प्रियंका चोपडा अर्को हलिउड प्रोजेक्टको तयारीमा ! प्रियंका चोपडा अर्को हलिउड प्रोजेक्टको तयारीमा ! – people Nepal

प्रियंका चोपडा अर्को हलिउड प्रोजेक्टको तयारीमा !

priyanka-chopra-speakingpriyanka-chopra-speaking

३१ बैशाख, एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाको हलिउड यात्राले उचाई लिइरहेको छ । प्रियंका यतिबेला आफ्नो पहिलो हलिउड फिल्म ‘बेवाच’को रिलिज तयारीमा छिन् ।

प्रियंकाको यस फिल्म भारतमा २ जुनमा रिलिज हुनेछ । पहिलो हलिउड फिल्म रिलिज नहुँदै प्रियंकाले दोस्रो फिल्म साइन गर्न सक्ने बताइएको छ । फिल्म ‘अ किड लाइक जोक’मा प्रियंकाले साइन गर्न सक्नेछिन् । एक अमेरिकी वेबसाइटअनुसार, यस फिल्मलाई ‘पारसंस’को प्रोडक्सन हाउसले उत्पादन गर्नेछ ।

फिल्मको सुटिङ यसै बर्षदेखि न्यू योर्कमा सुरु हनेछ । फिल्ममा प्रियंकालाई ‘अमाल’ नामक भूमिकाका लागि फिल्म साइन गर्नसक्ने बताइएको छ । यदि फिल्म हस्ताक्षर भएमा अमालको भूमिकामा प्रियंका एक सकारात्मक पात्रको भूमिकामा देखिनेछिन् । ‘बेवाच’मा प्रियंका चोपडाले एक नकारात्मक भूमिका निभाएकी छिन् । प्रियंका चोपडा अमेरिकी टिभी शो ‘क्वाटिको’बाट हलिउड नगरीमा पाइला टेकेकी थिइन् । उनले यस टिभी शोमा अभिनय गरेपछि उनको अभिनयलाई निक्कै रुचाइएको थियो ।