२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०५२, २०५८ र २०६१ सालमा प्रधानमन्त्री बने । तर, संयोगले यी तीनवटै अवसर देउवाका लागि चाहेर पनि सौहार्द बन्नै सकेन ।
पहिलो कार्यक्रममा देउवाले माओवादीलाई युद्ध गर्न जानबाट रोक्न सकेनन् । प्रधानमन्त्री भएकै बेला उनले माओवादीको ४० बुँदे मागमा केही नसकेपछि त्यसैलाई निहुँ बनाउँदै माओवादी युद्धमा गयो । तर, देउवाको नराम्रो पाटो यत्तिमै सीमित भएन । संसद किनबेचको मात्रै होइन सांसदलाई पजेरो संस्कृति भित्र्याएको आरोप उनले खेप्नुनुपर्यो ।
५८ सालमा देउवा प्रधानमन्त्री हुन पुगे । तर, माओवादी युद्ध चरम उत्कर्षमा पुगेको थियो । देउवाले सेना लगाएरै माओवादीलाई तह लगाउने, टाउकोको मोल तोक्ने जस्ता काम गरे । संकटकाल लम्ब्याउने विषयमा निरन्तर अडान लिएपछि कांग्रेसले उनलाई साधारण सदस्यबाट समेत निकालिदियो । अलग कांग्रेस गठन गरे । तर, तत्कालीन राजाले अक्षमको आरोप लगाउँदै उनलाई हटाइदिए ।
२०६१ मा ज्ञानेन्द्रले उनलाई पुन: ल्याए । तर, ८ महिनापछि शासन आफ्नै हातमा लिएर ज्ञानेन्द्रले देउवालाई फेरि फाले ।
यो सब बितेको १२ वर्ष पुगेपछि देउवा २३ जेठमा पुनः चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । यस पनि पनि उनलाई सजिलो र सहज छैन । १४ असारमा दोस्रो चरणको निर्वाचन गर्नुपर्नेछ । प्रदेशको निर्वाचन र संसदको निर्वाचन ७ माघसम्म गरेर देउवाले आफूलाई विगतका कालो दिनलाई मेटाउने अवसर पनि उत्तिकै छ ।
तर, मधेसकेन्द्रित दलहरुले केही दिनदेखि दोस्रो चरणको निर्वाचनमा जानका लागि अनिच्छा देखाएपछि देउवाको फेरि पनि दुर्दिन सुरु हुने हुन् की भन्ने देखिएको छ । उनी आफैंले पनि शुक्रबार संसदमा बोल्दै दोस्रो चरणको निर्वाचन अघि संविधान संसोधन नहुने तर, निर्वाचनलगत्तै संसोधन गरिने भनेर भनिदिए ।
अब के राजपा निर्वाचनमा आउँला त ? प्रश्न गम्भीर बन्न पुगेको छ । पहिलो चरणको निर्वाचन माओवादी केन्द्रका नेता प्रचण्ड प्रधानमन्त्री हुँदा सौहार्दरुपमा हुन पुग्यो । पहिलो निर्वाचन गराएका प्रचण्डलाई देउवाले दोस्रो निर्वाचनसम्म पनि टिक्न दिएनन् । यस्तोमा उनीसामू जसरी पनि निर्वाचन गराउनुपर्ने बाध्यता देखिएको छ ।
विगतका गलत नजीरलाई मेट्न पनि निर्वाचन गराएर राम्रो सन्देश दिने अवसर देउवालाई भएकोले जसरी पनि निर्वाचन गराउनैपर्ने अवस्थामा उनी छन् । अहिले दोस्रो चररणको निर्वाचन गराउन नसक्ने हो भने उनी प्रधानमन्त्री केका लागि बनेका हुन् भन्नेमैं प्रश्नचिह्न उठ्ने छ। यस्तोमा देउवा प्रधानमन्त्री बने लगत्तै धरापमा देखिएका हुन् ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्