काठमाडौ, बैशाख १८–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधिश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव संविधान, नियम, कानुन र प्रक्रिया अनुसारनै अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले जेठ ३१ गते निर्वाचन हुनेमा शंका नगर्न पनि पुनः आग्रह गरेका थिए ।
प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग भेटगरी उहाँले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग प्रस्तावका कारण स्थानीय तहको निर्वाचनको प्रभावित नहुने बताए ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष ओलीले भने बजेटपछि निर्वाचन गर्न नमिल्ने अडान दोहो¥याउनु भएको थियो । नि
र्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने वातावरण निर्माणका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग भेट गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
उनले प्रधानन्यायाधिश विरुद्धको महाअभियोग प्रस्तावले निर्वाचनलाई प्रभावित नतुल्याउने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार स्थानीय तहको निर्वाचनको पहिलो चरणको उम्मेदवारी मनोनयनको काम सम्पन्न हुने र जेठ ३१ गते निर्वाचन सम्पन्न हुने दावी पनि गरे ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेट गरेलगत्तै सभामुख ओनसरी घर्तीसँग पनि भेटगरी प्रधानन्यायधिश कार्की विरुद्ध लगाइको महाअभियोग प्रस्तावले निर्वाचनलाई कुनै असर नगर्ने बताएका थिए ।
प्रधानमन्त्री दाहालले सोमबार विहानै राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटगरी प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावले निर्वाचनको वातावरण नविगार्ने प्रष्टिकरण दिएका थिए ।
कार्यपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गरेकाले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाउनु परेको सत्तारुढ ठूला दुई दल काँग्रेस र माओवादी केन्द्रको दावी छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ