जुम्ला, २४ कात्तिक । चुनाव आउन तीन साता पनि छैन, जुम्लाका पुरुष मतदाता भने मौसमी व्यापार र रोजगारीका लागि दिनहुँ लर्को लागेर तराई झरिरहेछन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू पुरुष मात्र छन् ।
तर मौसमी व्यापार र रोजगारीका लागि पुरुष मतदाता भने दिनहुँ जिल्ला छाडिरहेका छन् । त्यसैले जुम्लाको यसपटकको चुनावी नतिजामा महिलाको मत निर्णायक बन्दै छ ।
चुनाव आउन तीन साता पनि छैन । दिनहुँ सयौं मतदाता लर्को लागेर व्यापार र रोजगारीका लागि तराई झरिरहेका छन् । मध्यम वर्गका पुरुष कम्बल, ब्ल्यांकेट र गलैंचाको व्यापार गर्छन् भने निम्न वर्गीयहरू भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् ।
सिंजा क्षेत्रका आधा पुरुष मतदाताले चुनावमा भाग लिने सम्भावना नै छैन ।
गोठीज्युलाका ४६ वर्षीय बिर्खबहादुर थापा मौसमी व्यापारका लागि शुक्रबार घरबाट निस्कँदै छन् ।
उनी सुरुमा काठमाडौं जानेछन् । त्यहाँ उनले झन्डै एक लाखको काम्लो, ब्ल्यांकेट र गलैंचा अर्डर गरिसकेका छन् । बिक्री गर्न यसपटक झापा जाँदैछन् । ‘१८/२० दिनमा त्यो बिक्न गाह्रै छ,’ उनले कान्तिपुरसित भने, ‘चुनाव भनेर काम छाडेर बस्न पनि भएन, भोट हाल्न आउन मुस्किलै छ ।’ कान्तिपुरमा खबर छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास