December 21, 2017

 प्रदेशसभाको समानुपातिकतर्फको परिणाम  आयोगले आज निकाल्ने

काठमाडौं, पुस ६ । निर्वाचनआयोगको प्रदेशसभाको समानुपातिकतर्फको परिणाम आज निकाल्ने भएको छ । पाएको मतकाआधारमा समानुपातिको सिट बाँडफाड गर्ने आयोगले जनाएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्तावआजआयोगमा पेश हुने र त्यसअनुसार सिट बाँडफाँड गर्ने आयोगले जनाएको छ ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने काम आजसम्म सकाउने लक्ष्य राखिएको जानकारी दिनुभयो । आज साँझसम्म नभए भोलि दिउँसोसम्म सकिने उहाँको भनाई छ । आयोगसमक्ष पेस गरिने प्रस्तावमा प्रदेशगत रूपमा कुन दलले कति मत पाए, कुल मतको डेढ प्रतिशत थ्रेस होल्ड कटाएकामध्ये कुनदलले कति सिट पाउने, डेढ प्रतिशतमत नकटाएका दल र तिनले पाएको मतलगायत विवरण समेटिनेछन् । प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलता आएपछि आयोगले प्रदेशसभाको परिणाम पहिले सार्वजनिकगर्न लागेको हो ।

प्रदेशसभामा ५३ वटा राजनीतिकदलले चुनावीप्रतिस्पर्धा गरेका छन् । प्रदेशअनुसार दलहरूको संख्याभने फरक छ । कुल सदर मतको डेढ प्रतिशतमतल्याउने राजनीतिकदलमात्रै सम्बन्धित प्रदेशसभामा समानुपातिकतर्फबाट सिट पाउन योग्य मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर