बनेपा, माघ २९ । प्रत्यक्ष निवाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्ति नेपाल पार्टीले देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान थालनी गरेको दुई हप्ताको अन्तरालमा लाखौँ जनताले साथ दिएका छन् ।
यसै सन्दर्भमा आज बनेपामा आयोजित कार्यक्रममा बिभिन्न क्याम्पसमा आध्ययनत विद्यार्थी तथा सर्वसाधारणले हस्ताक्षर गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल निकट राष्ट्रिय युवा अभियान काभ्रेद्वारा आयोजित कार्यक्रमको नयाँ शक्ति पार्टी नेपाल जिल्ला संयोजक भरत लामिछाने, सह संयोजक तारा निधि पन्तर युवा अभियान जिल्ला उत्प्रेरक नवीन तामाङले हस्ताक्षर गरी अउद्घाटन गरेका थिए । अभियानमा आफ्नो गृह जिल्लाबाट काभ्रे आई बिभिन्न पेशा व्यवयायमा आवद्ध कर्मचारी, मजदुर र आम नागरिक तथा स्थानिय जनताले हस्ताक्षर गरेका थिए । प्रत्यक्ष निर्वाचत राष्ट्रपति र स्थायी सरकारका बारेमा कुरा गर्दा स्थानीय जनता उत्साहितत भई हस्ताक्षर गर्न तम्सिएका थिए’युवा अभियान केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नवीन तामाङले बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतिका पक्षमा करिव दश लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने नयाँ शक्ति पार्टी नेपालको योजना रहेको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको