प्रचण्ड : विराटनगरको भारतीय दुतावास नहट्नु दुर्भाग्य हो ।

विराटनगर, १३ भदौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले विराटनगरमा रहेको भारतीय दुताबास हटाउन निर्देशन दिँदा पनि नहट्नु दुर्भाग्य भएको बताए ।

4

विराटनगरमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताए । उनले आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नहुनु दुर्भाग्य भएको बताए । उनले भने, ‘दुतावास हटाउने निर्देशन हुँदा हुँदै पनि नहट्नु दुर्भाग्य हो ।’ प्रधानमन्त्री देउवाले भारतमा दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले असन्तुष्टि व्यक्त गरे । संविधान संशोधनको प्रक्रिया एक चरणको सकिएकोले पुनः संशोधनकै विषयलाई लिएर भारतमा अभिव्यक्ति दिनु उपर्युक्त नभएको उनले बताए ।

‘संविधान संशोध प्रक्रिया अहिलेलाई टुंगिएको छ,’ प्रचण्डले भने, ‘संविधान गतिशिल दस्तावेज हो, तर भारतमै गएर देउवाजीले त्यसरी बोल्नु आवश्यक थिएन ।’ प्रम देउवाले भारतसँग कोशी उच्च बाँध निर्माणमा सहमति गरेको नभइ संयुक्त वक्तव्यमा कोशी सम्झौताबारे उल्लेख भएको बारे छलफल गरिने प्रचण्डले बताए ।

‘कोशी उच्च बाँध निर्माण गर्नेबारे माओवादीको धारणा पुरानै हो, यो सम्झौताको पुनरावलोकन हुनुपर्छ,’ प्रचण्डले भने, ‘देउवाजीले सहमति गरेको नभइ संयुक्त वक्तव्यमा उल्लेख भएको मैले जानकारी पाएको छु, तत्कालै उहाँसँग छलफल हुन्छ ।’
आउँदो २ नम्बर प्रदेशको निर्वाचनमा संघीय लोकतान्त्रिक पक्षधरहरूसँग गठबन्धन गरेर अघि बढ्ने प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्