प्रचण्डले भनेका जाेवान ढल्काउने माअाेवादी नेताको राम कहानी

यी हुन माओवादी केन्द्रमा काममा माखो नमार्ने, सधै पार्टी सिध्याउन लाग्ने र जोवान ढल्काउने नेताहरु

maoist-ledar-1070x428

काठमाण्डौं । माओवादी आन्दोलनमा लामो समय देखि बहस र छलफल हुनु अनौठो होईन तर बैठक र समिक्षामा जहिले पनि प्रचण्ड प्रति आक्रमक हुने । पार्टी नेतृत्वले यसो बिगार्र्यो र उसो बिगार्र्यो भन्ने तर आफ्नो जिम्मामा आएको ढलेको सिन्का पनि नउठाउने नेताहरुको कारण यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनावमा छन् ।

प्रचण्डले यहि तनावको कारण पार्टीको केन्द्रिय सचिवालय बैठकमा काममा माखो नमार्ने, सधै पार्टी सिध्याउन लाग्ने र जोवान ढल्काउने नेताहरुको कारण माओवादी कमजोर भएको बताएका छन् ।

माओवादी स्थापना काल देखि यहाँसम्म निरन्तर सफल रुपमा नेतृत्वमा रहेका प्रचण्डलाई राष्टिय अन्तराष्टिय घेरबन्दीको भन्दा पार्टी भित्रका काम नगर्ने हरेक कुरामा बहस मात्रै नेताहरुको कारण अप्ठारोमा परेका हुन । पार्टीभित्रको चर्को गुटबन्दीको अन्त्य नभएसम्म पार्टी नबन्ने भन्दै केन्द्रिय सचिवालयको बैठकमा नै प्रचण्डले कि घोषित रुपमा गुट चलाऔं हाईन भने पार्टी बनाउन गुटबन्दी अन्त्य गरौं भनेपछि यो बहस चर्को रुपमा आएको छ ।

सुचनाकेन्द्र डटकमलाई बिषेस श्रोतबाट आएको जानकारी अनुसार यतिबेला माओवादीकेन्द्र भित्रका नेताहरु नै प्रचण्डलाई असफल बनाउन हात धोएर लागेका छन् । उनीहरुको काम पार्टी भित्र गुटबन्दी गर्ने र आफुले केहि पनि काम नगर्ने रहको श्रोत बताउँछ । आज हामीले माओवादी भित्रका नेताहरुको काम कारवाही बारे र उनीहरुको कामको बारेमा चर्चा गरेका छौं ।।

माओवादी केन्द्रका १२ नेताका १८ कुरा
१) गाेपाल किराँती, काम नगर्ने, पार्टी नीति विपरित बाेलेर विवादमा अाउने। संगठनको काम नगर्ने, यसपालीको निर्वाचनको उनी नेतृत्वमा रहेको क्षेत्रमा माओवादीको अपेक्षाकृत मत आएन ।

२) लाेकेन्द्र बिष्ट, सन्की, पार्टी काम नगर्ने, सामाजीक संञ्जालमा उपदेश दिने तर पार्टीको कामलाई बिगतमा जस्तै कृयाशिल रुपमा अगाडी नबढाउने ।

३) शक्ति बस्नेत, पदका लागि मरिहत्ते गर्ने, तर आफुले पाएको जिम्मालाई समेत सहि तरिकाले कार्यान्ययन नगर्ने, गृहमन्त्रालयमा रहदाँ पार्टीको अपेक्षा अनुसार काम नगरेको ।

४) नारायणकाजी श्रेष्ठ, स्वतन्त्र बुद्धिजीवी जस्ताे, पार्टी अनुशासन ताेडिरहने, गुट बनाएर बार्गेनिङ गर्ने, पार्टी भित्रका आन्तरीक कुराहरुमा राष्टीयतालाई जोडेर अनावश्यक बाहिरी प्रचार गर्ने ।

५) लेखराज भट्ट, चरम खसवादी, पार्टीले संघियताको कुरा गर्दा उसकै बिरुद्ध आन्दोलनमा रमाउने ।

६) प्रकाश पाेखरेल, पार्टीविरुद्द तिकडम गर्ने।

७) राजकाजी गुरुङ, अाफ्नै पार्टीका नेता सिध्याउन षडयन्त्र गर्ने, पैसाको कारण पटक पटक बिवादमा आईरहने । पार्टीको काममा मन नलाग्ने सस्तो प्रचारमा र सानो गुटमा रमाउने ।

८) लिलाबहादुर थापा, चुनावकाे पैसा पार्टीलाई जिताउन प्रयोग नगर्ने,  पार्टीकाे टिकट लुकाएर छाेरालाई कांग्रेसकाे उम्मेद्वार बनाएकाे ।

९) हेमराज भण्डारी, काम नगर्ने, सामाजिक सञ्जालमा पार्टी विरुद्द माेर्चाबन्दी गर्ने, सामान्य भन्दा सामान्य कुरामा पनि निहुँ मात्रै खोज्ने ।

१०) तिलक परियार, नेता भएर पनि माखाे नमार्ने।

११) गिरिराजमणि पाेखरेल, पैसा कमाउन पटक पटक मन्त्रीकाे बार्गेनिङ गर्ने, मन्त्री भएपछि आफ्ना गुटको लागि मात्रै काम गर्ने, मन्त्रालयलाई गुटको कार्यालय जस्तो बनाएर मात्रै बस्ने ।

१२) नारायण दाहाल, अार्थिक रुपमा प्रष्ट नभएको, पार्टीको काममा भन्दा आफ्नै काममा लाग्ने, लाभको पदमा जान मरिहत्ते गर्ने । 

पार्टीको केन्द्रिय सचिवालयको बिस्तारीत बैठकमा प्रचण्डले यिनै नेतालाई लक्षित गरि काममा माखाे नमार्ने, सधै पार्टी सिध्याउन लाग्ने र जाेवान ढल्काउने नेता भनेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड