पौष ४,काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली र आफूले गरेको निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले नै अनुमोदन गरिसकेको बताएका छन् ।
मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुबाट लाम्जिम्पाटमा बधाई ज्ञापन ग्रहण गरेपछि उनले भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जनताले बहुमत दिएको बताउँदै ओली र आफ्नो निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले अनुमोदन गरिसकेको दाबी गरे ।
”यो पटकको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो निर्वाचन हो । त्यसैले हामी सबै खुशी र गर्वको कुरा त थिँदै थियो । त्यसमाथि अब नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले निर्वाचनमा वाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रले साझा उमेदवार र घोषणापत्र सार्वजनिक गर्यौं । हामी झन्डै दुई तिहाई बहुमतको नजिक छौं,” उनले भने, “केपी ओली र मेरो पहलमा भएको पार्टी एकता र चुनावी तालमेललाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले पनि अनुमोदन गरिसक्यो । हामी यसलाई निष्कर्षमा पुर्याएर औपचारिक रुप दिन मात्र बाँकी छ । हामी त्यसमा प्रतिबद्ध छौं ।”
उनले आफूहरु जीवनको उत्तरार्धमा पुगिसकेको बताउँदै देशको जिम्मा युवाहरुलाई लगाएर जाने जोडसमेत दिए । युवा संघ नेपालका पदाधिकारीहरुसँग प्रचण्डले अगाडि भने, ”देश अब युवाहरुको हातमा आउँदैछ, हाम्रो चाहना के हो भने एउटा यस्तो परिस्थिति बनाएर देश जिम्मा लगाएर जाउँ । हामीले बाटो कोर्दिने मात्र हो ।”
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए