पुल भाँचिएर बस रुदीखोलामा खस्यो

१२ साउन, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्ने कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

 

Rudi-Khola-Bus-Accident

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र रामबजारको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पोखराबाट कास्कीको  बिलुवावेसी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबस लमजुङको सीमाक्षेत्र रुदी खोलाको पुल तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको थियो ।

दुर्घटनामा एक जना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले प्रहरीलाई उदृत गर्दै जानकारी दिए । त्यस्तै दुर्घटनाग्रस्त बसभित्र दुई जना च्यापिएको उनले जानकारी दिए । आफू घटनास्थलतर्फ जाँदै गरेको बताउँदै प्रजिअ मैनालीले च्यापिएकाको छिट्टै उद्दार हुने बताए ।

बसमा करीव ३५ यात्रु सवार रहेको र अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । रुदीखोला जलबिद्युत परियोजनाले निर्माण गरेको मोटरेवल पुल भाँचिएको हो । गत असार १६ गते खोलामा आएको बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोला–ए र ६.६ मेगावाटको रुदीखोला–‘बी’ जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास