२९ साउन, काठमाडौं । ग्राहकलाई पूर्व सूचनाबिना विद्युत् सेवा अवरुद्ध गरेमा सेवा प्रदायकलाई पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ । विद्युत्लाई आधारभूत सेवामा परिभाषित गर्दै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा व्यापारको अनुमति प्राप्त व्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने व्यवस्था गरिएको हो ।
व्यवस्थापिका संसद्ले विद्युत् नियमन आयोग गठन विधेयक पारित गर्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बनाएको खबर आजको गोरखापत्र दैनिकले लेखेको छ ।
पारित विधेयकले पूर्व सूचना नदिई विद्युत् अवरोध गरे जरिवाना गर्ने अधिकार विद्युत् नियमन आयोगलाई दिएको छ । संसद्बाट शुक्रबार पारित विधेयक प्रमाणीकरणपछि कार्यान्वयनमा आउनेछ । आयोग गठनसम्वन्धी विधेयकमा आयोगलाई ऐन बमोजिमका काम नभएकोमा जरिवानाको अधिकार तोकिएको छ । विधेयकको दफा १९ ले जरिवानासम्बन्धी व्यवस्था गरेको छ ।
पारित विधेयकको दफा १९ मा भनिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम कुनै विषय पालना नगर्ने वा पूर्व सूचना नदिई विद्युत् सेवा अवरुद्ध गर्ने वा गराउने अनुमतिपत्र प्राप्त व्यक्तिलाई पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ ।’ विधेयक व्यक्तिको परिभाषामा विद्युत् उत्पादन, प्रसारण तथा वितरणको अनुमति पाएका सङ्गठित संस्थालाई समेटेको छ
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड