न्यायपरिषद बैठकमा प्रधानमन्त्री देउवाको स्थान कहाँ ?

२७ जेठ, काठमाडौं । साँझ परिसकेपछि शुक्रबार बालुवाटारस्थित कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको सरकारी निवासमा न्यायपरिषदका सदस्यहरु जम्मा भए । उनीहरु न्यायपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कसरी राख्ने भन्ने छलफलमा केन्दि्रत थिए ।

नयाँ प्रधानन्यायाधीश छनोटका लागि संवैधानिक परिषदमा नाम पठाउनुपर्ने काम न्यायपरिषदमा बाँकी छ । निवर्तमान प्रधानन्यायाधीशले जाँदाजाँदै आफ्नो तर्फबाट ६ जना न्यायाधीशको नाम सिफारिस गरेकी छिन् । तर, न्यायपरिषदको बैठकै नराखी नाम पठाइएको भन्दै कार्कीको सिफारिसलाई न्यायपरिषदले चित्त बुझाएको छैन ।

संविधान अनुसार न्याय परिषदको अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् । सदस्यहरुमा सर्वोच्चका बरिष्टतम न्यायाधीश, कानुनमन्त्री र अन्य दुई सदस्य (प्रधानमन्त्री र बारका प्रतिनिधि) रहने व्यवस्था छ ।

यो प्रावधान अनुसार अहिले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली न्याय परिषदका अध्यक्ष हुन् भने बारका तर्फबाट रामप्रसाद सिटौला र प्रधानमन्त्रीका तर्फटबाट मनोनित पदमप्रसाद बैदिक सदस्य छन् ।

सरकार परिवर्तनसँगै हाल कानूनमन्त्री नभएकाले न्याय परिषदको बैठकमा कानूनमन्त्री उपस्थित हुने कुरै भएन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले कानून मन्त्रालयको पनि जिम्मेवारी सम्हालेकाले देउवालाई न्याय परिषदको बैठकमा सहशभागी गराउनेबारे शुक्रबार साँझ बालुवाटारमा छलफल भएको हो ।

प्रोटोकोलको हिसाबले प्रधानन्यायाधीश भन्दा प्रधानमन्त्री माथि हुने भएकाले न्यायपरिषदको बैठकमा गरिने माइन्युटको सिरानमै प्रधानमन्त्रीको नाम लेख्नुपर्ने हो ।तर, न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने भएकाले प्रधानमन्त्रीभन्दा प्रधानन्यायाधीश नाम माथि लेख्नुपर्ने हुन्छ ।

यसरी कानूनमन्त्रीको हैसियतमा प्रधानमन्त्रीलाई न्याय परिषदजको बैठकमा बोलाउँदा माइन्युट गर्ने बेलामै समस्या पर्न सक्ने परिषदका सदस्यहरुवीच छलफल भएको स्रोतले बतायो ।

अन्ततः यसको समाधानका लागि परिषदका पदाधिकारीले विगतमा माइन्युटहरु पल्टाएको र समाधान निकालेको स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतले भन्यो- ‘विगतमा विश्वनाथ उपाध्याय प्रधानन्ययाधीश भएका बेलामा कानून मन्त्रालय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्हाल्नुभएको रहेछ र बैठकमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीको नाम एउटै हरफमा लेखेर बैठक सञ्चालन गरिएको रहेछ ।’

त्यसैले अहिले पनि गोपाल पराजुली र शेरबहादुर देउवाको नाम एउटै हरफमा लेखेर न्यायपरिषदको बैठक बसाउन सकिने परिषदका सदस्यहरुले निश्कर्ष निकालेको स्रोतले बतायो ।

यसैवीच अब बस्ने परिषद बैठकले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्चका न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा पठाउने भएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता