काठमाडौं, बैशाख ३– नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा शुरु भएको छ ।
‘सगरमाथा फ्रेण्डसीप२०७३’ नाम दिइएको दुवै देशका विशेष फौजको पहिलो नेपाल–चीन संयुक्त अभ्यास महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो ।
व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिशेष कार्यक्रमकाबीच संयुक्त सैन्य अभ्यास उद्घाटन गरेका थिए ।
सैन्य अभ्यास उद्घाटन कार्यक्रममा उपरथी श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो पटक सञ्चालनमा हुन गइरहेको संयुक्त सैन्य तालिमले दुवै देशका सेनाको व्यवसायिकता अभिवृद्धि गर्ने बताए । उनले मित्रवत सम्बन्धमा पनि नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।
यस्तै, चिनियाँ जनमुक्ति सेनाका तर्फबाट कर्णेल याङ शुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीचको महत्वपूर्ण पारस्परिक सम्बन्ध रहेको बताए । संयुक्त सैन्य अभ्यासबाट प्रतिआतंकवाद कारवाहीको क्षमतामा अभिबृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने उनले विश्वास व्यक्त गरे ।
संयुक्त अभ्यास वैशाख १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता