काठमाडौं – राप्रपा अध्यक्ष कमल थापाले धार्मिक सांस्कृतिक मूल्य,मान्यता,संस्कार र परम्परा संकटमा परेको बताउदै आपसमा बिभाजनको रेखा कोरेर सांस्कृतिक उपनिबेश बनाउने षड्यन्त्र भैइरहेको दाबी गरेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरामा शुक्रबार आयोजित कामनानाथ शिबलिङ्ग प्राण प्रतीष्ठा तथा मन्दिर उद्धाटन कार्यक्रममा बोल्दै उनले षड्यन्त्रपुर्बक हिन्दुराष्ट्रको पहिचान हटाएर लोभलालच प्रलोभन देखाएर योजनाबद्ध र संगठित रुपमा दशौ लाखको संख्यामा धर्म परिबर्तन गरिएकोमा गम्भीर आपत्ति प्रकट गरे ।
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणको लागि धर्म,सस्कृती परम्परा र मूल्य मान्यतालाई नष्ट गर्न जरुरी नभएको जिकिर गरे ।
थापाले राष्ट्रिय हित र सम्बर्द्धनको लागि र पहिचान रक्षाको निमित्त हिन्दुराष्ट्र आबश्यक भएकोमा जोड दिए । धर्म निरपेक्ष राख्ने कुरा कुनै आन्दोलनमा नउठेको भन्दै उनले हिन्दुत्व जीवन पद्धति भएको समेत बताए ।
सो कार्यक्रममा सांसद रामेश्वर फुयाल, कैलाश खड्का , पुष्पराज पुरुष ,नबराज सिंखडा लगायतले बोलेका थिए । मन्दिर निर्माणमा महत्त्वपूर्ण सहयोग गर्ने दाताहरुलाई अध्यक्ष कमल थापाले सम्मान समेत गरेका थिए ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप