वैशाख ५, काठमाडौं । नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
उदयपुरमा १२ जना र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४०, २९, २७ र ६३ वर्षका छन् ।
योसँगै नेपालमा कारोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् भने बाँकी सबै उपचाररत छन् ।
उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ । चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएपछि संक्रमितको संख्या १४ पुगेको हो एकैदिनमा ।
चितवनका दुई जना आमा–छोरा एक महिनाअघि बेलायतबाट फर्किएका थिए । यसअघि भरतपुरमै गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो, त्यसमा पछि पोजिटिभ रिजल्ट आएको हो ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड