नेपालगन्जमा भारतीय गाडीको अवैध बसपार्क !

17814077_1655935707756708_1360680582_nस्वर्गद्वारी यातायात सेवा प्रा.लि.ले भारतीय नम्बर प्लेटको फोर्स सानो बसलाई नेपाली भूमिमा अवैध रुपमा भन्सार कार्यालय यात्रु सेवाको अगाडि बसपार्कमा राखिएकोमा ट्राफिक प्रहरीको सक्रियतामा हटाइएको छ । उक्त प्रा.लि.ले अवैध रुपमा बसपार्क मात्र संचालनमा ल्याउनुको साथै सडक छेउमैं टिकट काउण्टर समेत स्थापना गर्दा पनि सरोकारवाला निकाय भने अहिलेसम्म मौन देखिएको छ । उक्त प्रालिले भारतीय नम्बर प्लेटको मिनि बस प्रयोगमा ल्याई चण्डीगढ, सिमला लगायतको हिमाचल प्रदेशसम्मको टिकट शुल्क लिई अवैध रुपमा सेवा संचालनमा ल्याएको थियो ।

अवैध रुपमा नेपाली भूमिमा भारतीय नम्बर प्लेटका मिति बसहरुको विषयमा जानकारी पाएपछि बिहिबार जिल्ला ट्राफिक प्रहरीले असईको नेतृत्व टोली खटाई करिब एक दर्जनभन्दा बढी बसहरुलाई भारततर्फ फिर्ता पठाएको छ । भन्सार कार्यालय यात्रु शाखाको हातामा अवैध रुपमा खोलिएको बसपार्कमा राखिएका अधिकांश बसहरुको भन्सार राजस्व समेत नकाटेको समेत भेटिएको थियो ।

अवैध रुपमा नेपाली भूमिको प्रयोग गर्दै बसपार्कमा राखिएको बसहरुले भन्सार छल्ने लगायत नेपाली यात्रुहरुलाई ढग्ने समेत गुनासो आएको कारण ट्राफिक प्रहरीमा हरकतमा आएको बुझिएको छ । ट्राफिक प्रहरीले अवैध रुपमा राखिएको बसलाई भारततर्फ फिर्ता पठाएको भने अवैध रुपमा राखिएको टिकट काउण्टर हटाउने विषयमा कसले चासो राख्ने भन्ने विषयमा अहिलेसम्म कहि कतैबाट कुनै चासो देखाएको भने छैन ।

भन्सार कार्यालय यात्रु शाखाको अगाडि आफ्नै हातामा अवैध रुपमा भारतीय नम्बर प्लेटका मिनि बसहरु पार्क गरी राख्दा भन्सार कार्यालयको काममा समेत कठिनाई भइरहेको कर्मचारीहरुले बताए ।

भन्सार कर्मचारी भन्छन्–‘हामी भित्रै हुन्छौं, बाहिर बस राखिन्छ । तर यसको लागि सम्बन्धित प्रहरी निकायले चासो लिनु पर्ने हो । –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता