April 30, 2017

निर्वाचनका लागि उम्मेदवार छान्दै नयाँ शक्ति

masal-1-254x134काठमाडौं,  वैशाख १७  – नयाँ शक्तिले विभिन्न जिल्लाहरुमा आफ्ना उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएको छ ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुपमा एकल चुनाव चिन्ह एक हातले समातेको मसाल प्रयोग गरेर स्थानीय तह निर्वाचनमा जाने सम्झौता गरेसँगै पार्टीले चुनावी अभियान तीव्र बनाएको हो ।

उम्मेदवाहरुको टुंगो लगाउने क्रममा रामेछाप र सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका तथा नगर पालिकाहरुमा नयाँ शक्ति र संघीय समाजवादी फोरमले आफ्ना उम्मेवार चयन गरेका छन् ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लाको २ वटै नगरपालिकाको उम्मेदवार छनौट गरिसकेको नयाँ शक्ति पार्टी नेपालका रामेछाप जिल्ला संयोजक रोमन लामाले जानकारी दिएको छ ।

करीब दुई दशकपछि हुन लागेको स्थानिय तह निर्वचनमा राजनैतिक पृष्ठभुमिबाट मात्र नभई गैर राजनितिक पृष्ठभूमि भएका आकांक्षीहरु पनि धेरै रहने हुनाले उम्मेदवार छनौट प्रक्रिया पनि प्रतिस्पर्धी बन्न पुगेको लामा बताउँछन् ।

रामेछाप नगरपालिकामा संघीय समाजवादी फोरमका मिन बहादुर तामाङलाई नगर प्रमुखको उम्मेदवार चयन गरेको छ भने उपप्रमुखमा नयाँ शक्तिकी रिता कार्कीलाई चयन गरेको छ । त्यसैगरी मन्थली नगरपालिकामा नगर प्रमुखको उम्मेदवार राम बहादुर तामाङ र उपप्रमुखमा सविना तामाङलाई छनौट गरेको संयोजक लामाले बताए ।

निर्वाचनमा सहजताका लागि १५ सदस्यीय निर्वाचन परिचालन समिति, ७ सदस्यीय स्थानीय घोषणापत्र मस्यौदा समितिसहित रणनीति र स्थानीयस्तरको आवश्यक समितिहरु निमार्ण गरिने रामेछाप जिल्लाका उत्प्रेरक रबिन्द्र थिङले बताए ।

त्यसैगरी नयाँ शक्तिले दोरम्बा, सुनापति गाउँपालिकाको उम्मेदवारको छनौट पनि अन्तिम चरणमा पुगेकोले भोलि (सोमबार) बिहान सबै उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने संयोजक लामाले बताए । कूल ६३ वटा वडा रहेको जिल्लामा खाँडादेबी, दोरम्बा, सुनापति, उमाकुण्ड, लिकु र गोकुल गंगा सहित छ गाउँपालिका रहेका छन् ।

यसैबिच सिन्धुपाल्चोक जिल्लाको लागि आधिकारिक हस्ताक्षरसहितको टिकट लिएर केही उम्दवारको छनोट गरिसकेको नयाँ शक्ति सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची, चौतारा साँगाचोक गढी र बाह्रविसे गरी तीन नगरपालिका र ९ गाउँपालिका रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा राजु चौलागाई प्रमुख तथा उपप्रमुखमा विन्दा आचार्यलाई छनौट गरिएको जिल्ला संयोजक भिम प्रसाद पराजुलीले बताए ।

त्यस्तै चौतारा साँगा गढी नगरपालिकाको प्रमुखमा रेशम गिरी र उपप्रमुखको उमेदवारमा  विष्णु बिकको नाम छनौट गरिएको संयोजक पराजुलीले जानकारी दिए । जिल्लामा अभियन्ताहरु पार्टीको नीति सिद्धान्त अनुरुप परिचालित गरिएको साथै स्थानीय तह निर्वाचन सम्बन्धी हाते पर्चा, निर्वाचन सम्बन्धी जानकारीसहित बाह्रविसे, मेलम्ची र सुकुटेलाई केन्द्र बनाएर अभिमुखिकरण कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्