नागरिक अस्पतालमा तोडफोड

nagarik-hospital-351625616

७ असार, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा गएराति उपचारका लागि गएका विरामीको मृत्यु भएपछि आक्रोशित भीडले तोडफोड गरेको छ ।

३६ बर्षीया उशाा बस्नेतलाई गएराति छाती दुखेको भन्दै अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर उनको राति नै मृत्यु भयो ।

मृत्युको कारणबारे अस्पतालले जवाफ नदिएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । स्रोतका अनुसार दुखाई कम गर्नका लागि सुई लगाइएको केही बेरमै उनको मृत्यु भएको हो ।

मृतक उशााका श्रीमान रामकृष्ण बस्नेतले अस्पतालकै गल्तीका कारण श्रीमतीको मृत्यु भएको दाबी गरेका छन् ।
रहस्य ।

 

 

photo

NOC1-250x300