people Nepal » नवलपरासीको ५ स्थानिय तहमा काँग्रेस , ८ वडामा कांग्रेस र ३ वटामा एमालेको सुंयुक्त प्यानल बिजयी नवलपरासीको ५ स्थानिय तहमा काँग्रेस , ८ वडामा कांग्रेस र ३ वटामा एमालेको सुंयुक्त प्यानल बिजयी – people Nepal

नवलपरासीको ५ स्थानिय तहमा काँग्रेस , ८ वडामा कांग्रेस र ३ वटामा एमालेको सुंयुक्त प्यानल बिजयी

स्थानिय तहको पहिलो चरणको निर्बाचन अन्तर्गत अहिले सबै स्थानमा मतगणना जारी रहेको छ । नवलपरासीका ८ स्थानिय तहमा पनि मतगणना कार्य जारी छ । अहिले सम्म भएका मतगणनका अनुसार नवलपरासीका ५ स्थानिय तहमा काँग्रेस अगाढि रहेको छ । अहिले सम्म काँग्रेसले कावासोति, मध्यबिन्दु, बुलिङटार, हुप्सेकोटमा अग्रता लिएको छ भने अन्य स्थानिय तहमा एमालेको अग्रता रहेको छ । 

यस्तै हाल सम्मको जानकारी अनुसार काँग्रेसले मध्यबिन्दुको वडा न १४ र १५ , कावासोतीको वडा नम्बर १ , देवचुलीको वडा नम्बर १० , बिनयी त्रिबेणीको वडा नम्बर ५ र ७ , बुलिङटार को वडा नम्बर १, र हुप्सेकोटको वडा नम्बर १ मा काँग्रेस बिजयी भएको छ ।

यस्तै एमाले देवचुली नगरपािलकाको वडा नम्बर १ र ६ , मध्यबिन्दुको वडा नम्बर १ गरी ३ स्थानमा एमाले बिजयी भएको छ । जसअनुसार जिल्लाका ३ स्थानमा एमाले र ८ स्थानमा काँग्रेसका सँयुुक्त प्यानल बिजयी भएको छ । अहिले सम्म गैडाकोटमा भने एमालेले अग्रता लिईरहेको छ ।