people Nepal » देश र जनताको हितको लागि निर्वाचनको मिति सारिएको हो : नेता थापा देश र जनताको हितको लागि निर्वाचनको मिति सारिएको हो : नेता थापा – people Nepal

देश र जनताको हितको लागि निर्वाचनको मिति सारिएको हो : नेता थापा

Gagan-Thapa-11-768x428भद्रपुर, २ असार । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताएका छन् ।नेपाल प्रेस युनियन झापाद्वारा शुक्रबार भद्रपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले भने, ‘रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।’

काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका नेता थापाले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनताको माझमा पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताए ।