२२ चैत, काठमाडौं । नेपाली कांग्रेस र सभापति शेरवहादुर देउवालाई विपक्षी वनाई दायर परेको अवहेलना मुद्दामाथि मंगलबार सर्वोच्च अदालतमा बहस नहुने भएको छ ।
मुद्दाको आजको सुनुवाई स्थगित सूचीमा आएको छ र आगामी बिहीबारका लागि पेशी तोकिएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे सर्वोच्च अदालतको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले १८ चैतमा विराटनगरमा ‘आईजीपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएका थिए ।
कांग्रेसको निर्णयले अदालतको सामाजिक प्रतिस्ठामा आँच आएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस र देउवाविरुद्ध अदालतको अवहेलनामा मुद्दा हालेका थिए ।
अवहेलना ठहरेमा १ वर्षसम्म कैद, १ लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास