दुलही छाडेर हिँडे दुलहा, लैनो भैंसी दाइजो नपाएको भन्दै

marrige-768x495

 

२२ माघ, बर्दिवास । ‘गरिब के कोनो जिन्गी अई हुजुर’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका रामप्रकाश कापर बिलौना गरिरहेका छन् ।

माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धीले दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैंसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका छन्, महोत्तरी र्बिर्दवास–८ फूलबारी बस्तीका ५५ वर्षीय रामप्रकाश ।

‘सम्धीलाई एकलाख ६० हजार नगद र एकलाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएँ । रामप्रकाशले अगाडि भने, तर, कुटुम्बले मेरो अप्ठ्यारो बुझेनन् ।

रामप्रकाश र धनुषाको कान्छिबजारका बेहुलाका बाबु दुखी कापरबीच बिहेमा एउटा साइन मोटरसाइकल र नगदसहित साढे तीन लाख दाइजोमा कुरा मिलेर रकम बिहेअघि नै दिइएको थियो ।

तर, बिहेमा खानाखाने बेलामा दुलहा रौदी कापरले लैनो भैंसी नपाए नखाने बताएपछि विवाद बढ्दा अमृताको घर नभएको फूलबारी टोलका बासिन्दा बताउँछन् ।

‘रामप्रकाश दाइले त भैंसी नै पनि एक वर्ष दिउँला भन्नुभयो, तर दुलहा त मरवा (विवाह यज्ञस्थल)बाट निस्केर कुटपिटमै ओर्लिए, बस्तीमा रामप्रकाशले भाइ नाता लगाउने गणेशी महतोले भने ।

विवाह समारोहमै धक्कामुक्का चल्न थालेपछि प्रहरीलाई खबर गरिएको गणेशी महतोसहितका फूलबारी बस्तीका बासिन्दा बताउँछन् । पछि चौलीखा प्रहरी चौकीको समन्वयमा दुई दिनपछि सामाजिक छलफल गराइने गरी जन्ती बेहुली नै नलिई घर फर्केपछि रामप्रकाश इन्तु न चिन्तुका बनेका छन् । सहमति भएको रकमसँगै दुलहाको पोसाक ५६ हजार लगाएर दिँदा पनि कुटुम्ब बाङ्गिएका रामप्रकाश बताउँछन् ।

‘छोरीको बिहेका लागि ज–जसले जसरी मागे, त्यसरी जग्गा बेचेर पैसा जुटाए, अब सबै कुरा हातबाट गयो–रामप्रकाशले दुःख पोखे ।

यता, बेहुला पक्षकाले भने खानेबेलामा केटी पक्षले भद्दा गालीगलौज गरेर बेहुला र जन्तीलाई अभद्र व्यवहार गरेकाले स्थिति बिग्रिएको बताएका छन् ।

‘खाने बेलामा ससुराली पक्षसँग केही सामानका लागि दङ्ग्याउने त मैथिल स्थापित परम्परा नै हो नि !’ बेहुला पक्षका सभ्रान्तजस्ता देखिने एक जनाले छलफलमा भन्दै थिए, ‘दुलहाले खाने बेलामा भनेको कुरा त माग नभएर मैथिल संस्कार हास–परिहास न हो, सक्नेले दिन्छन्, नसक्नेले बेहुलालाई कुराले मनाएर ख्वाउन लगाउँछन् ।’

बेहुला पक्षकाले यस्तो बताए पनि उनीहरु दुलाहाकै नेतृत्वमा धक्कामुक्कामा ओर्लिएका दुलही पक्षको भनाइ छ ।

बिहेमा बेहुला पक्षको रडाको नजिकबाट देखेकी अमृता भने अझै पढ्न चाहन्छिन् । एक वर्षअघि नौ कक्षा उत्तीर्ण गरेर पनि पढ्न नपाएकी अमृताले भनिन्– ‘दुष्ट रहेछन्, जग्गेमै धक्कामुक्कामा ओर्लिए, सायद म त्यो घरमा सञ्चसँग बस्नसक्ने थिइन होला, जे हुनु भयो । अब पढ्न पाए हुन्थ्यो ।’

आफ्नो उमेर नगएको र पढिलेखी ज्ञान र सीप आर्जन गर्नसके दाइजो नमागी बिहे गर्ने केटा पनि पाउनसक्ने अमृताको विश्वास छ ।

बिहे भएर घर (बेहुलाको घर) नै नपुगी परिबन्दले दुई दिनपछि नै सिन्दूर पुछेकी अमृताको पढ्ने रहर पूरा हुने नहुने केही ठेगान छैन ।

गरिबीले छोरीको चाँडै बिहे गर्न परेको बताउने रामप्रकाशको परिवारले बिहे गरेर घर जान नसकेपछिको घटनाले आफ्नो सामाजिक मर्यादामा आँच पुगेको ठानेका छन् । आफन्तसँगको कुराकानीमा रामप्रकाशका परिवारजन छोरीलाई पढ्न पठाउनभन्दा अर्को केटा खोजेर बिहे गरिदिने कुरामा लागेका देखिने गरेको सो बस्तीका उनका छिमेकी बताउँछन् ।

यसैबीच, महिला अधिकार क्षेत्रमा क्रियाशील महिला नेत्री अन्तर पार्टी महिला सञ्जाल बर्दिवास नगरकी अध्यक्ष शारदा थापाको मनमाफिक दाइजो नपाउँदा बुहारी, पत्नी छोडेर हिँड्ने बेहुलाका बाबुछोरालाई तत्काल कार्बाहीको दायरामा ल्याउनुपर्ने भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको