२० साउन,एजेन्सी – दुबईमा रहेको एक ७९ तले अग्लो अवासीय भवनमा भीषण आगलागी भएको छ । दुबईमा रहेको टर्च टावरमा पछिल्ला २ बर्षमा दोस्रो पटक आगलागी भएको हो ।
यद्धपि आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको बिबिसीले जनाएको छ । भवनमा बसिरहेका मानिसहरुले तत्कालै भवन खालि गराएकाले मानवीय क्षति नभएको र अहिले आगो पनि नियन्त्रणमा आईसकेको समाचारमा उल्लेख छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो फुटेजहरुमा आगलागी भवनको माथिल्लो तल्लामा सम्म पुगेको देख्न सकिन्छ । सरकारी सञ्चारमाध्यम दुबई मिडिया अफिसले ट्वीट गर्दै घट्नामा परि अहिलेसम्म कोहि पनि घाईते नभएको जानकारी दिएको छ ।
टर्च टावरमा यसअघि सन् २०१५ मा पनि आगलागी भएको थियो । ७९ तले टर्च टावर सन् २०११ देखि आवासका लागी खुला गरिएको थियो । सञ्चालनमा आउँदा यो टर्च टावर बिश्वकै सबभन्दा अग्लो भवन मानिएको थियो । यसमा ६ सय ७६ फ्ल्याट रहेका छन् ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार