थ्रेस होल्ड नराख्न साना दलद्वारा सभापति देउवालाई आग्रह

काठमाडौं, १८ माघ । साना दलहरुका सांसदहरुले थ्रेस होल्ड नराख्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार बिहान नेकपा माले, नेमSherBahadur-Deubaकिपा लगायतका दलका सांसदहरु देउवा निवास पुगेर ज्ञापन पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीमा निश्चित मत नल्याएसम्म सांसद नपाउने व्यवस्था भएकाले यो नै एक प्रकारको थ्रेस होल्ड भएको भन्दै उनीहरुले अर्को व्यवस्था नगर्न माग गरेका छन् ।

उनीहरुले गृह मन्त्रालयले ल्याएको राजनीतिक दलसम्बधी विधेयकमा थ्रेस होल्डको प्रस्ताव नभएको भन्दै अहिले संशोधन हालेर थ्रेस होल्ड राख्न खोजिएको र निर्दलीय व्यवस्था फर्काउन लागेको आरोप समेत लगाए ।

 

photo

NOC1-250x300