त्रिविमा यसकारण थपिँदैछ दरबन्दी

जेठ ६, काठमाडौं – त्रिभुवन विश्विद्यालयले सञ्चालन गरेको विशेष कार्यक्रमलाई नियमित बनाउन आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी १ हजार ४ सय २० नयँ दरबन्दी थप्ने भएको छ ।

विश्वविद्यालय कार्यकारी परिषद् बैठकले विश्वविद्यालयमा थपिएका नयाँ कार्यक्रमका लागि शिक्षक व्यवस्थापन गर्न दरबन्दी थप गर्ने निर्णय गरेको खबर आजको नागरिकमा छ ।

परिषद्का सदस्य ताराप्रसाद सापकोटाले विश्वविद्यालयले दरबन्दी थप्ने निर्णयलाई स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको बताए ।

 

photo

NOC1-250x300