त्रिभुवन विमानस्थलको विकल्पमा डोमेस्टिक एयरपोर्ट काभ्रेको ठूलीचौरमा

tia-airport-runway-overviewनेपाल नागरिक उडड्यन प्राधिकरणले काठमाडौंमा सेवा केन्द्रित गरेका साना जहाजहरुको उडान-अवतरणमा त्रिभुवन विमानस्थलको विकल्पमा काभ्रेको ठूलीचौरमा अर्को आन्तरिक विमानस्थल बनाउन प्रक्रिया सुरु गरेको हो ।

यसका लागि पूर्व सम्भाब्यता अध्ययन (प्रि-फिजिबिलिटी स्टडी) गरिसकेको प्राधिकरणका महाप्रवन्धक सञ्जीव गौतमले अनलाइनखबरसँग बताए । अब विस्तृत सम्भाब्यता अध्ययनका लागि प्राधिकरणले केही हप्ताभित्रै टेण्डर आह्वान गर्नेछ ।

यसमार्फत परामर्शदाता छनौट गरेर ठूलीचौरमा डोमेस्टिक एयरपोर्ट निर्माणका लागि काम सुरु गर्ने योजना उडड्यन प्राधिकरणको छ ।

‘अब स्थानीय सरकार गठन हुनासाथ हामी स्थानीय रुपमा लिनुपर्ने अनुमति र समन्वयको काम टुंग्याउँछौं’ गौतमले भने,’त्यसपछि साना विमानमार्फत हुने आन्तरिक उडानलाई हामी त्यता नै लैजाने गरी निर्माण थाल्छौं ।’

काठमाडौंबाट हुने सबै उडान त्रिभुवन एयरपोर्टबाटै गर्नु पर्दा एयर ट्राफिक बढ्दो छ । त्यसैकारण विमानलाई आकाशमै होल्ड गरिराख्नु पर्ने बाध्यता छ ।

दैनिक ३५० वटासम्म उडान भर्ने त्रिभुवन विमानस्थलको ३५ प्रतिशत उडान साना विमानहरुले पहाडी क्षेत्रमा केन्द्रित गर्दै भर्छन् । अब बन्ने नयाँ आन्तरिक विमानस्थललाई यस्तै साना विमानका लागि उपयाग गर्ने योजना बनाइएको छ । टि्वनअटर, ड्रोनियर, एलईटी लगायत विमान लाई ठूलीचौरबाट उडाउने योजना बनेको छ । यस्तो विमानले प्रायः पहाडी क्षेत्रका विमानस्थलमा उडान भर्छन् ।

‘ठूली चौरमा ८ सय मटरको मात्रै रन-वे बन्ने देखिएको छ । यो रन-वे भनेको साना विमानका लागि उपयुक्त हुन्छ’ गौतमले भने,’ निर्माणपछि साना विमानलाई अब सो विमानस्थलमा पठाउँछौं ।’

उनकाअनुसार आन्तरिक तर्फउडान भर्ने ठूला विमानलाई भने काठमाडौंबाटै उडाइनेछ । प्राधिकरणको प्रारम्भिक अध्ययनमा ठूलीचौरमा विमानस्थल बनाउने ठाउँमा अधिकतम् सरकारी जग्गा उपलब्ध छ ।

धुलिखेलका ३ किलोमिटरमा रहेको ठूलीचौरमा विमानस्थल बने बनेपा र धुलिखेलको पर्यटनमा थप वृद्धि हुने गौतमले बताए । होटल ब्यवसाय फस्टाएको यो स्थानमा आन्तरिक विमानस्थल निर्माण भए यसले थप आर्थिक गतिबिधि बढाउने देखिएको छ ।

यसअघि पाँचखालमा विमानस्थल बनाउने भनिएपनि प्राविधिक रुपमा अप्ठरो पर्ने निश्कर्ष निकालिएको थियो । ठूलीचौर भने उपयुक्त स्थानका रुपमा पहिचान भएकाले त्यहाँ नै विमानस्थल बनाउन प्रक्रिया अघि बढाउन लागिएको हो ।

– See more at: http://karnalikhabar.com/news/30294.html#sthash.pmnsWt0y.dpuf

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता