११, धनगढी । तिज नजिकीदै गर्दा महिलाहरुले महोत्सव शुरु गरेका छन । हिन्दु महिलाको महान चाडको अवसरमा आजदेखि कैलालीको उद्योग वाणिज्य संघमा महिलाहरुले सो महोत्सव शुरु गरेका हुन् । आर्थिक समृद्धि तथा संस्कृति संरक्षण महिला व्यवसायी भन्ने नाराका साथ शुरु भएको सो महोत्सव तीन दिन सम्म चल्ने छ ।
महोत्सवमा भोलीबाट प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ सय, दोस्रोलाई दुई हजार र तेस्रोलाई १५ सय नगद सहित पुरस्कार प्रदान गरिने महिला उद्यमी एंव कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष रुकमणी देवकोटाले जानकारी दिईन् ।
सहभागिहरुले आप्mनै भाषा र लयमा नाँच गान गर्नुपर्ने जनाईएको छ । महिला उद्यमी विकास समितिका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको कार्यक्रमकामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए ।
यस्तै, तीजको अवसरमा धनगढी उपमहानगरपालिकाका मन्दिरहरुमा महिलाहरुले तीजका गानामा नाचगान र रमाईलो गर्नमा व्यस्त छन् । नजिकिदै गरेको हिन्दु महिलाको महान पर्व तीजको चहलपहल पनि बजारमा बढ्दै गएको छ । प्रतियोगितामा एक सय ५० महिलाको सहभागिता रहेको छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास