टीकापुरमा एमाले नेताको शानः हेर्नुहोस् १४ तस्वीर

MG_0201२ चैत, कैलाली । मेची महाकाली राष्ट्रिय अभियान अन्तरगत बुधबार कैलालीको टीकापुरमा एमालेले शक्ति प्रदर्शन गर्‍यो । सभामा थारु समुदायका कार्यकर्ताहरु आ(आफ्ना परम्परागत भेषभुषामा सजिएका थिए भने एमालेका शीर्ष नेताहरु दुबोको माला लगाएर बहुलोजस्तै बनेका थिए ।
गतवर्ष अशान्त बनेको कैलालीमा शािन्तपूर्णरुपमा एमाले नेताहरुले सभा सम्पन्न गरेपछि उत्साही बनेका छन् । कार्यक्रमको सहभागिताले मात्रै होइन, कुनै अशान्ति नभएको र शान्तरुपमा सभा सम्पन्न गरेकोमा नेताहरुले सफलता महसुस गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीहरूले तलबार नाच देखाएका थिए भने दमार्इ जातिको परम्परागत दमाहासहित झाँकीसमेत निकालिएको थियो । एमाले नेता माधवकुमार नेपालले ढाकी बोकेका थारू युवतीहरूसँग हात मिलाएर अभिवादन साटेका थिए ।

एमालेको सभालाई लक्षित गरी थरुहट पार्टीले कैलाली बन्दको घोषणा गरेकाले तनाबको डर नेताहरुलाई थियो । टीकापुरको सभा सकेर एमाले नेताहरु बुधबार लम्कीतर्फ लम्किएका छन् ।

कैलालीपछि अब कञ्चनपुर जिल्लाको कार्यक्रम सकिएपछि एमालेको पहिलो चरणको अभियान सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्