सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे ।यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी हुन् ।
उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिइनन् तर हातमा पैसा परेपछि फेरि त्यस्तै पैसा कमाउने लत बस्योे ।’’
चार जना दिदनीबहिनी र दुई दाजुभाइमध्येका माइला उनलाई सहरमै बसेर कमाउने इच्छा छ । त्यही इच्छा पूरा गर्न यही जेठ २४ गते अरु तीनजना साथीसहित घरबाट भागेर बम्जन काठमाडौँ आइपुगेका हुन् ।
कक्षा ४ मा पढ्दै गरेका सोमबहादुर थिङ १२ वर्ष, कक्षा ५ मा पढ्ने बादल बम्जन १२ वर्ष र कान्छा गोले १२ वर्ष उनीसँगै काठमाडौँ आएका छन् । बादल बम्जनले भने, “त्यही ट्वाक ट्वाके काम (जरी भर्ने) गर्ने भनेर आएको तर काम गर्ने ठाउँ नै फेला परेन ।”
चारैजनालाई मङ्गलबार बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार ग¥यो । प्रहरीले पक्रेपछि काम गर्ने ठाउँ खोज्न नपाएको बालकहरूले बताए ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड