January 21, 2017

जुकरबर्ग आफैं चलाउँदैनन् फेसबुक

jugar-bark

फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफैं फेसबुक कति चलाउँछन् होला ? पत्याउन गाह्रो पर्छ, तर सत्य के हो भने उनी आफैं फेसबुक चलाउँदैनन् ।

त्यसो त जुकरबर्गको फेसबुक अकाउन्ट एक्टिभ छ र नियमित अपडेट भइरहेको हुन्छ । तर ती अपडेटहरु उनी आफैंले गरेका होइनन् । आफ्नो फेसबुक प्रोफाइल अपडेट गर्न उनले एक दर्जन कर्मचारी भर्ती गरेका छन् । ती कर्मचारीले दैनिकरुपमा जुकरबर्गका सोचविचार, उच्चस्तरीय वैठकका विवरण तथा उनकी श्रीमती र छोरीका सुन्दर तस्वीरहरु पोस्ट गर्ने गर्छन् । साथै उनको पेजमा आएका अराजक र आपत्तिजनक टिप्पणीहरु हटाउने तथा स्पाम सफा गर्ने जिम्मेवारी पनि उनीहरुलाई हुन्छ ।

सन् २००४ मा फेसबुक स्थापना गरेका जुकरबर्गले यसलाई ५३ अर्ब ६० करोड डलर मूल्यको बनाइसकेका छन् । यी ३२ वर्षका युवालाई फेसबुकमा ८ करोड ५० लाख व्यक्तिहरुले फलो गर्छन् ।

जुकरबर्कले केही व्यवसायिक फोटोग्राफर पनि भर्ती गरेका छन्, जसले उनी विभिन्न स्थानको भ्रमणमा जाँदा तथा अन्य अवसरहरुका तस्वीर खिच्छन् । वाशिंटन पोस्टका अनुसार उनले भर्ती गरेका एक जना पि्रय फोटोग्राफर चाल्र्स ओम्मान्नी हुन्, जसले सिरियाको शरणार्थी संकटको कभरेज गरेबापत अवार्ड जितेका थिए ।

जुकरबर्गको फेसबुक पेजमा पोस्ट भएको पछिल्ला तस्वीरहरु दालास भ्रमणका छन्, जसमा उनी विभिन्न सामुदायिक परियोजनाहरुमा भाग लिइरहेका देखिन्छन् । हालै उनी आफूविरुद्धको २ अर्ब डलरको मुद्दामा बयान दिन टेक्सासको अदालत जाँदाखेरीको तस्वीर भने फेसबुकमा पोस्ट भएन ।

२०७३ माघ ८ गते ८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।