२४ फागुन, काठमाडौं । नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको समाचारलाई मंगलबारका सबै दैनिक पत्रपत्रिकाले फ्रन्टपेजमा छापेका छन् । कुनैकुनै पत्रिकाले भने तीन जना प्रदर्शनकारीको मृत्यु भएको उल्लेख गरेको छ । सप्तरीमा तनाव भएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको छ । त्यस्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको समाचारलाई पनि सबै दैनिक पत्रिकाले फ्रन्टपेजमा कभरेज गरेका छन् ।
यससँगै अन्नपूर्ण पोस्ट् दैनिकले पशुपतिनाथ मन्दिरमुनि खाडल पर्न थालेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । ५० वर्षपछि स्थानीय निकायको स्वरुप फेरिन लागेको समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ ।
नेपालमा १० हजार अवैध विदेशी भएको समाचारलाई नागरिक दैनिकले प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर दैनिकमा भूकम्पपीडितले घर बनाउनका लागि सरकारबाट दोस्रो किस्ता अनुदान रकम नपाएको समाचार छापिएको छ । नेपालीले नयाँ ग्रह पत्ता लगाएको समाचारलाई गोरखापत्र दैनिकले एकंर न्यूज बनाएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको