काठमाडौं, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका छन्
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे, हामी कुनै हालतमा मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’ महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए । ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ, उनले थपे।’
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको उनले बताए
महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप समेत लगाए । उनले एमालेले धेरै बेईमानी गरेको र त्यसको हिसाबकिताब जनताले दिने भन्दै त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भैरहेको जानकारी दिए । महतोले संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नुपर्छ भनेर एमालेले ढोल पिटिरहेको गुनासो समेत पोखे ।
काठमाडौं, भदौ १ ७ गते । गठबन्धन सरकारले दशैको मुखमा नेपाली जनतालाई मार पार्ने गरि फेरी
साउन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी
असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट
काठमाडौँ, २७ फागुन । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ
प्रकाशित मिति: आइतबार, फाल्गुण ०८, २०७८,काठमाडौं / सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले
पौष २९, २०७८ | धादिङ । धादिङ गंगाजमुना गाउँपालिकामा सञ्चालित क्यान्टिनमा कार्यरत एक कुक युवालाई