२९ बैशाख काठमाडौं । बैशाख ३१ गते चुनावका दिन पर्यटकलाई सेवा दिनको लागि नेपाल टुरिजम बोर्डले उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ ।
नेपाल टुरिजम बोर्डका प्रवक्ता शरद प्रधानका अनुसार पर्यटकलाई आवागमनमा बाधा नपुगोस् भनेर टुरीजम बोर्डले बस सञ्चालन गर्न लागेको हो । सार्वजनिक यातायातका सवारी साधनलाई भाडामा लिएर उक्त दिन बस सञ्चालन गर्न लागिएको प्रधान बताउँछन् ।
उनकाअनुसार बोर्डले चुनावको दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म पुर्याइदिने तथा ल्याइदिने व्यवस्था गर्न लागेको छ ।
प्रवक्ता प्रधान भन्छन् ‘ पर्यटकको आवागमनमा बाधा नपुगोस् भनेर चुनावको दिन हामी बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म बस चलाउने छौ ।’
बोर्डले यो सेवा पर्यटन प्रहरीसँग सहकार्य गरेर गर्न लागेको छ । यो सेवा लिनको लागि सिधै ११४४ मा फोन गरि बस सञ्चालनको जानकारी समेत लिन सक्ने जनाएको छ ।
बोर्डले चुनावको दिनमा तीन रुटमा बस सञ्चालन गर्न लागेको छ । रुट एक अन्र्तगत एयरपोर्टदेखि एनएससी- न्युरोड- होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक लैनचोर चौक-होटल शंकर हुँदै एयरपोर्टसम्म बस सञ्चालन हुनेछ ।
त्यस्तै रुट दुई अन्र्तगत भने एयरपोर्टबाट होटल सांग्रिला- नारायण गोपाल चोक- महाराजगञ्ज चोक-हृयात रिजेन्सी-चावाहिल चोक-होटल द्वारिका हुँदै पुन एयरपोर्टसम्म पुग्ने टुरिजम बोर्डले जनाएको छ ।
त्यस्तै रुट तीन अन्र्तगत भने एयरपोर्टदेखि तीनकुने- होटल एभरेष्ट- माइतीघर होटल-हिमालय सेन्ट जेभियर्स- स्कुल होटल- सोल्टी ग्राण्ड होटल हुँदै एयरपोर्टसम्म बस सञ्चालन हुनेछ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता