चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना विरामीको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वीरगंज घर भएका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको अस्पतालले जनाएको छ ।
विरामीलाई पहिलेदेखी नै लुपस भन्ने रोग रहेको थियो। उक्त रोगका कारण मृगौला कमजोर भएको र आइतबार ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजले कोरोना भाइरसको आशंकामा कोरोना विशेष (अस्थायी) अस्पतालमा रिफर गरेको थियो।
अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले मंगलबार बिहान ९ बजेर ३० मिनेटमा बिरामीको मृत्यु भएको जानकारी गराएका छन्।। सोमबार दिउँसोबाट बिरामीलाई श्वासप्रश्वासको समस्या अत्याधिक बढेपछि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो।
कोरोना भाइरसको लक्षण मिलेपछि बिरामीको स्वाब परिक्षणको लागि सोमबार काठमाडौँ पठाइएको तर रिर्पोट अझै आइसकेको छैन। कोभिड–१९ को परिक्षणको रिपोर्ट नआउदासम्म शव अस्पतालमै राखिने पनि अस्पतालले जनाएको छ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता