काठमाडौ, १५ अषाढ । अहिले मुलुक विगत ४ महिना देखी लकडमउनमा छ । सबै उद्योग तथा व्यवसायहरु बन्द छन् । लकडाउनको सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रमा परेको छ । होटल तथा क्यासिनो सवै बन्द छन् । कर्मचारीहरु आ–आफ्नो घरमा बस्न बाध्य छन् । ठूला ठूला उद्योग तथा कलकारखाना बन्द भएकोले कर्मचारीहरुलाई बेतलवी विदा दिईएको र कर्मचारी कटौटी गरिरहेको समाचार समेत बेला बेलामा आईरहका छन् । त्यस्तै गरी काठ्माडौ लैनचउर स्थित होटल मल्ल परिसरमा संचालित बेलिज क्यासिनोको करिव ५०० जना कर्मचारीहरु विगत ४ महिना देखी विदामा छन् । तर क्यासिनो वेलिजले भने बन्द भए देखिनै आफ्ना ५०० कर्मचारीहरुको तलव लगायत सेवा सुविधा दिईरहेको कुरा क्यासिनो प्रवन्धक मिलन राईले जानकारी दिनु भयो । प्राय क्यासिनोमा तलव दिंदा अंग्रेजी महिना अनुसार दिईने भएकोले मिति २०२० जुन महिना को समेत आजै अथवा जुन २९ तारिखमा सम्पुर्ण कर्मचारुहरुको तलव आ–आफ्नो वैक खातामा हालिदिएको समेत राईले जानकारी दिनु भयो ।
क्यासिनोका संचालक ज्ञानेन्द्र श्रेष्ठज्यू ले यो संकटको बेलामा पनि कोही पनि कर्मचारीको तलव नकाट्ने निर्णय गरेर मानवता देखाउनु भएको छ । काम नगर्दा पनि क्यासिनोले आफुहरुको तलव नकाटेको भन्दै आम कर्मचारीहरु उत्साहित भएका छन् । त्यतिमात्र होईन, उक्त क्यासिनोका संचालक श्रेष्ठले विभिन्न चरणमा काठमाडौका विपन्न ३५० परिवारहरुलाई राहत समेत बाँडेका छन् । उक्त वेलिज क्यासिनो राजधानिको मुटु लैनचौर, काठमाडौ स्थित द होटल मल्लको परिसरमा मिति २०१८ देखी ज्ञानेन्द्र श्रेष्ठज्युले संचालन गर्दै आएका छन् ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड