२७ असार, बाँके । हत्या गर्ने अपराधीहरु आफ्नो अपराध कर्मबाट जोगिन भाग्ने गर्छन् । तर, बाँकेको कोहलपुर–४, बेलनापुरमा श्रीमतीको घाटी रेटेर हत्या गर्ने एक व्यक्तिले श्रीमतीको काटिएको टाउकोसहित प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेका छन् ।
कोहलपुर–४ बेलनापुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २६ वर्षीया श्रीमती फूलचन बेडुवाको हत्यापछि टाउकोसहित इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
राति १० बजे श्रीमतीको हत्या गरेका बेडुवा साइकल चढेर टाउकोसहित प्रहरी कार्यालय पुगेका थिए । उनको घर र प्रहरी कार्यालयबीचको दूरी २० मिनेटको अन्तरमा रहेको बताइएको छ ।
‘सधैंभरि किचकिच र झगडा गरेर सताउने बाहेक केही गरिन, त्यसैले हत्या गरिदिएँ’ भन्दै उनी टाउकोसहित इलाका प्रहरी कार्यालय आएको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
बडुवाका दुई श्रीमतीमध्ये उनले जेठीको हत्या गरेका हुन् । ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका उनीसहित उनको कान्छी श्रीमतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जेठी श्रीमतीतर्फकी ७ महिने छोरीको पनि प्रहरीले उद्धार गरेको छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास