गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।
राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ ।
दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरुको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको छ ।
आखिर विधेयकको पक्ष र विपक्ष दुवैखालले आन्दोलन एकै पटक किन उठ्यो ?
विधेयकले गुठीहरुको प्रकृति कस्तो हो छुट्याएको छैन । नेपालभर रहेका गुठीलाई एकै खालको ठानेर व्यवस्ति गर्ने भनियो । गडबडीको शुरुवात त्यहीँबाट भएको छ ।
कुनै गसठी विगतमा सामन्ती संरचनाका कारण बनेका छन् कुनै जात्रापर्व, रीतिरिवाज सञ्चालन गर्ने उद्देश्यले । यसलाई विधेयकले एउटै डालोमा हालेको छ ।
काठमाडौँको विपरित तर्क दाङमा उठेको छ । सयौँ विघा जग्गा गुठीमा रहने तर त्यसको खनजोत गर्ने व्यक्तिचाहिँ गुठीलाई कुत बुझाउँदा बुझाउँदै वर्षौँदेखि कङ्गाल भइरहनुपर्ने उनीहरुको तर्क छ ।
दाङमा उठेको आन्दोलनमा नेकपाका नेताहरुसमेत सहभागी छन् । ‘काठमाडौँ र हाम्रोमा भएका गुठीको प्रकृति नै फरक छ । त्यहाँ स्वर्गद्वारी गुठीको करिब १२ सय बिघा जमिनमा थारुहरुले दुःख गर्दै आएका छन्, आएको कमाइजति त्यहाँ पुजारी महन्तलाई बुझाउँदै ठिक्क छ,’ दाङको आन्दोलनमा सहभागी भएकी नेकपा सांसद शान्ता चौधरीले भनिन्, ‘वर्षौंदेखि दुःख गर्दा पनि त्यहाँका गरिबलाई टाउको लुकाउने बास छैन । पुजारीहरु महलमा बस्छन् । काठमाडौँमा आन्दोलन गर्नेहरुले दाङमा गएर त्यहाँका मानिसको पीडा सून्नुभयो भने आँखाबाट आँसु आउँछ ।’
राजधानीको आन्दोलनमा धर्म र संस्कृतिको सवाल बढी आएको छ भने दाङमा यो विषय जग्गा प्राप्तिसँग जोडिएको छ ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड