कोरोनाको असर नेपाल:मा अनौपचारिक क्षेत्रमा बढी:विश्व बैंक

काठमाडाैं, असाेज २३ः कोरोनाले नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको विश्व बैंकको निष्कर्ष निकालेको छ । विश्व बैंकले बिहीवार दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै महामारीको असर कायमै रहेका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका जनाएको हो ।

अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एशियालीहरू चरम गरीबीमा धकेलिएका छन् । नेपालसहित दक्षिण एशियामा नै यस वर्ष हालसम्मकै खराब मन्दी सृजना भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२० मा शून्य दशमलव २ प्रतिशतमात्र रहेको र सन् २०२१ मा भने केही बढेर शून्य दशमलव ६ प्रतिशत पुग्ने अनुमान छ । अघिल्ला मन्दीहरूमा लगानी र निर्यात घटेर आर्थिक मन्दी आउने गरे पनि यसपालि भने फरक भएको विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन