साउन २४, नयाँ दिल्ली : दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान शुक्रबार साँझ केरलाको विमानस्थलनमा दुर्घटना भएको छ । दुबई बाट आएको एयर इन्डियाको आईएक्स–१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।
सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार दुर्घटनामा परी दुई जना पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । उक्त विमानमा कोरोना महामारीका कारण दुबईमा फसेका भारतीय नागरिकलाई उद्धार गरी ल्याइएको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्