काठमाडौं ,मसिंर २१ : दोस्रो चरणमा बिहीबार जारी रहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत देशमा ४५ जिल्लामा मतदान जारी रहेको छ । जारी रहेको मतदानमा केही जिल्लाको मत परिणाम प्राप्त भएको छ ।
प्राप्त परिणाम अनुसार सुनसरी मा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धरान बाहेक अन्य छेत्र मा शान्ती पुर्ण रुपमा मतदान जारी रहेको छ । यस्तै पाल्पामा २५ प्रतिशत मत खसेको छ भने बाँके ३५ प्रतिशत मतदान भएको छ ।
यता बर्दियामा ३५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पर्सामा ३५ प्रतिशत मत खसेको छ भने डडेल्धुरामा ४५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिए । यस्तै कैलालीमा ४८ प्रतिशत मत खसेको छ ।
सप्तरीमा ३५ प्रतिशत मत खसेको छ भने सुर्खेतमा ५० प्रतिशत मत खसेको छ । प्राप्त विवरण अनुसार दैलेखमा ३५ प्रतिशत, अछाममा ४० प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यता काभ्रे जिल्लामा अहिलेसम्म ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेको प्रमुख मधुकर पोखरेलले बताए ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको