पुस ४,काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई धक्का लाग्न थालेको छ । एकता भाँडिन्छ कि भन्ने डरले गत आइतबार जवरजस्ती राजधानीको पाँचतारे होटलमा बाम गठबन्धनका प्रमुखहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरी सन्देश दिन खोजे पनि बिस्तारै त्यसको पर्दाफास हुन थालेको छ ।
पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा असन्तुष्टिले राम्रै ठाउँ पाएको हो ।
सो बैठकमा पार्टी एकताको विषयलाई लिएर माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरालले ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका हुन् ।
उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएको महराको भनाइ उद्द्दृत गर्दै एक नेताले बताए ।
महरा सुरुदेखि नै एकताको विपक्षमा उभिएको चर्चा चल्दै आएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक सोमबार कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको हेडक्वार्टर बैठकमा महराले एमालेसँगको एकता सम्भव नभएको पनि स्पष्ट पारेका छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको