बैशाख १७, धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ ।
१० वटा ब्रुमर खरिद गरिने
सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ । दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ।’
मेलम्ची आयोजनाले काममा अवरोध
महानगरपालिकाको सडक पखाल्ने अभियानलाई मेलम्ची खानेपानी आयोजनाको सडक खन्ने कामले अवरोध गरेको कार्यकारी अधिकृत पौडेलको भनाइ छ । ‘सडक पखाल्ने काम कालोपत्रे सडकमा मात्र सम्भव छ । तर, काठमाडौंका सडक खनिएका छन् । कालोपत्रे गरिएका छैनन्,’ उनले भने, ‘त्यहाँका सडक पखाल्दा झन् हिलो हुने डर हुन्छ । यसले सडक सफाभन्दा पनि फोहोर हुन जान्छ । महानगरपालिकाको धुलोरहित अभियानमा मेलम्ची खानेपानीले अवरोध गरेको छ ।’
राति–राति सडक पखाल्न ६ वटा दमकल परिचालन
-महानगरपालिकाले एक सातादेखि काठमाडौंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यसक्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक पखाल्न परिचालन गरिरहेको छ । रातको ९ बजेपछि काठमाडौंका कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ ।
-महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धुलोरहित काठमाडौं बनाउन यो अभियान सुरु गरिएको बताए । ‘काठमाडौंका बासिन्दा प्रदूषणबाट ग्रसित छन् । त्यसमध्ये सबैभन्दा धेरै धुलो छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष योजना अघि सारेको हो,’ उनले भने, ‘सडक पखाल्ने अभियान त्यसैको निरन्तरता हो । कालोपत्रे सडक अबको केही दिनभित्रै धुलोरहित बन्नेछ । पूरै सहर धुलोमुक्त हुन अझै चार महिना लाग्नेछ ।’
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता