कांग्रेसको विजय र्‌‍यालीमा एमालेको आक्रमण

बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन् ।CPN-UML-and-Congress 

बृन्दावन नगरको मेयर पदमा रामस्नेही यादव र उपमेयरमा नुरजहाँ खातुन निर्वाचित भएको घोषणा शुक्रबार साँझ भएको थियो । 

शनिबार विहान कांग्रेस कार्यकर्ता र्यालीसहित यादवको घर क्षेत्र विश्रामपुरतर्फ जानेक्रममा हर्षाहाटो लमा एमाले कार्यकर्ताले आक्रमण गरेका थिए । 
समान्य विवाद झडपमा परिणत भएको थियो ।

बाँसको भाटासहित घरेलु हतियार बोकेका एमाले कार्यकर्ताको आक्रमणबाट शेख खैरुल्लाह, शेर हेमराजुल, शेख जाहिर मोहम्मद सैमुल्लाह घाईते भएका छन् ।, यो खबर आजको नागरिकमा छ ।

 

photo

NOC1-250x300