काँग्रेसलाई भीम रावलको कडा चेतावनी

काठमाडौं, १८ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तोकिएकै समयमा प्रतिनिधि तथा प्रदेशसभाको  निर्वाचन सम्पन्न गर्न वर्तमान सरकार गम्भीर भएर लाग्नु पर्ने बताएका छन् ।bhim-rawal

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताएका हुन् ।  रावलले सरकार परिवर्तन अाफूहरुको प्राथिकतामा नरहेको समेत स्पष्ट पारेका छन् ।

‘हामीले अहिले सरकार फेरबदल गर्नेबारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं,’ रावलले भने । तर बाम एकताको प्रयास तथा चुनावी तालमेलका कारण काँग्रेसले निर्वाचनमा प्रतिकूल असर पर्ने काम गरे अाफूहरुले कडा कदम चाल्ने समेत बताएका छन् ।

 

photo

NOC1-250x300