January 12, 2020

ओली-प्रचण्ड छलफल चलिरहेको बेला उपसभामुख तुम्बाहाम्फे बालुवाटारमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुखको टुंगो लगाउन छलफलमा जुटेका बेलामा उपसभामुख शिवमाया तुम्बाहाम्फे बालुवाटार पुगेकी छन् ।

Oli_Prachanda_QFZjsps2cr

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि जारी बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेता सहभागी छन् ।

उपसभामुख तुम्बाहाम्फे पनि साढे ११ बजे बालुवाटार पुगेकी छिन् ।

‘उपसभामुख तुम्बाहाम्फे साढे ११ बजेको आसपासमा बालुवाटार आउनुभएको छ,’ स्रोतले पुष्टि गर्यो ।

उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएपछिको परिस्थितिलाई कसरी हल गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बालुवाटार श्रोतले बतायो ।

तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने औपचारिक निर्णय नगर्दासम्म राजीनामा नदिने अडान लिएकी छिन् ।

‘सम्भवतः उहाँहरूले पार्टीको तर्फबाट लिखित राजीनामा माग्नुहुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘१ बजे बोलाइएको प्रतिनिधिसभा संसद बैठक अघि नै केही महत्त्वपूर्ण निर्णय हुन सक्छ ।’

शनिवार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।

तर तुम्बाहाम्फेले पार्टीले आफूलाई सभामुख बनाउने औपचारिक निर्णय नगर्दासम्म राजीनामा नदिने अडान लिएकी छिन् ।

उपसभामुखको राजीनामाको अन्योलताले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्