May 27, 2017

एमालेले खोजेको सहमतीय सरकार कस्तो ?

जेठ १३, काठमाडौं – दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरू खुला रहेको बताएको छ। एमाले अध्यक्ष केपी ओलीले आफूहरू नया“ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अगाडि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।

‘हामी अहिले नयाँ सरकार गठनको दौडधुपमा छैनौँ। सहमतिको सरकार होस्, सहमतिका साथ अगाडि जाऔँ, मेलमिलापका साथ मिलेर जाऔँ, संक्रमणकाल टुंग्याउने दिशामा जाऔँ, संविधानसम्मत ढंगले अगाडि बढौँ भन्नेमा छौँ,’ शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीस“ग भने, ‘राष्ट्रपतिले सहमतिको सरकार गठनकै लागि समय दिनुभएको हो। एमाले सहमतिको सरकारका लागि खुला छ।’

एमालेले खोजेको सहमतीय सरकार कस्तो ?
कांग्रेस र माओवादी केन्द्र प्रमुख दलका नेताहरूमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमत हुनुपर्ने एमालेको सर्त छ ।

‘हामी त संविधान जारी हुनु पहिल्यैदेखि संविधान कार्यान्वयनको प्रारम्भ भएर एक चरणको निर्वाचन सम्पन्न नभएसम्म प्रमुख तीन दलसहितको सहमतिकै सरकारका पक्षमा थियौँ, तर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख पार्टीहरू एक ठाउँमा बस्न नहुने, एउटा प्रमुख पार्टी प्रतिपक्षमा बस्नैपर्ने सिद्धान्त ल्याउँदा १६ बुँदे सहमति भाँडिएको हो,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘त्यसैले हिजो भाग लगाइएको छ भन्ने आधारमा होइन, आजको आवश्यकताका आधारमा छलफलमा व्यक्तिका नाम आउँदा आग्रह–पूर्वाग्रहबाट मुक्त भएर प्रमुख पार्टीमध्ये धेरैले जसको नाममा सहमति जनाउँछन्, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बनाउन सबै तयार हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास