एक वर्ष स्थायी समिति बैठक नहुनु गम्भीर कमजोरी : प्रचण्ड

काठमाडौं, मंसिर २९नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकवर्ष सम्म गर्न नसक्नु गम्भीर कमजोरी भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समिति सदस्यहरुसँग बताएका छन्।

प्रचण्डको अध्यक्षतामा आइतबार पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा स्थायी समिति सदस्यहरुले एक वर्षसम्म सो समितिको बैठक किन बस्न सकेन भनी प्रश्न गरेका थिए।

स्थायी समिति सदस्य भीम रावलका अनुसार प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले सो कुरा बताएका हुन्।

यसअघिको स्थायी समिति बैठक गतवर्ष मंसिर २९ मैं बसेको र आइतबार मंसिर २९ कै दिन भएकोमा केही सदस्यहरुले ‘आजको बैठकलाई वार्षिकोत्सवको रुपमा लिउँ न’ भनी नेताहरुप्रति व्यंग्यात्मक रुपमा समेत कुरा उठाएको बैठकका एक सहभागीले जानकारी दिए।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तय गरेका एजेन्डामा छलफल गर्न स्थायी समिति बैठक बसेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालयले राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल भारत सीमा समस्या लगायतका विषयमा स्थायी समितिमा छलफल गर्ने तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा