December 30, 2019

एक दिन हिरासत बसेर रिहा भए पूर्वमन्त्री गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेल थुनामुक्त भएका छन् । पूर्वमन्त्री र माओवादी जनयुद्धका एक प्रमुख नेता समेत रहेका गजुरेललाई नेपाल प्रहरीले एक रात हिरासतमा राखेर सोमबार बिहान रिहा गरेको हो ।

Image result for CPGajurel

सीमा विवादसम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन जाने क्रममा गजुरेलसहित १५ नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको थियो । प्रहरीले नेता गजुरेललाई आइतबार राति नै आफन्तको जिम्मा लगाउन चाहेको थियो । तर, उनले पक्राउ गरेको स्थानमै लगेर छाड्न भन्दै अडान लिए पनि प्रहरीले हिरासत पठाएको जनाएको छ ।

पक्राउ गरेर नेता गजुरेल लगायतका नेता कार्यकर्तालाई महानगरीय प्रहरी वृत्त सोहृखुट्टेमा राखिएको थियो । नेता गजुरेलले प्रहरीले बिहान १० बजे रिहा गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्