भक्तपुर, बैशाख २४– अवको एक सातामा हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट उपमेयर सहित वडा नं.४ मा सवै जना उम्मेदवार दलित रहेका छन् । चाँगुनारायाण नगरपालिकाको उपमेयर पनि दलित महिला लक्ष्मी मगराती रहेकी छन् ।
‘दलित मैत्री नमुना वडा’ निर्माणका लागि दलितहरुलाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा मालेका जिल्ला सचिव अदिप खड्काले वताए ।
कतिपय स्थानमा दलित उम्मेदवार नभएकाले निर्विरोध भएकाले यहाँ भने वडाको पुरै टिम नै दलितले उम्मेदवारी पाएसँगै चाँगुनारायण नगरपालिकाको वडा नं. ४ चर्चाको विषय बनेको छ ।