उपप्रधानमन्त्रीसहित गच्छदारलाई सरकारमा भित्र्याइँदै !

all-party-meeting-bijay-gachhadar7-840x405

 
बैशाख २४, काठमाडौं– नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने संकेत दिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी भएको छ । हिजो पनि प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच कुराकानी भएको थियो ।

‘कुरा सकरात्मक छ । तर, अन्तिम भएको छैन ।’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘कुरा मिल्यो भने चुनाव अगाडि नै उहाँ सरकारमा सहभागी हुनुहुन्छ ।’

गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थनाइि विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ ।

 

photo

NOC1-250x300